नेपाल प्रिमियर लिग (एनपीएल) लाई देशका विभिन्न सहरमा विस्तार गर्दै ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने तयारी सरकारले अघि बढाएको छ। यसका लागि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्दैछन्।
सिंहदरबारस्थित मन्त्रालयमा हुने छलफलमा प्रत्येक टोलीलाई आवश्यक पर्ने घरेलु मैदान, पूर्वाधारको अवस्था, लगानी र रंगशाला निर्माणको विषयमा जानकारी लिइनेछ। टोलीहरूको आवश्यकता बुझेर निर्माण तथा स्तरोन्नति र लिज प्रक्रियाबारे थप योजना बनाउने सरकारको तयारी छ।
यसअघि सोमबार मन्त्री पोखरेलको अध्यक्षतामा बसेको बैठकले रंगशाला निर्माणका लागि सरकारी तथा निजी क्षेत्रको लगानी मोडेल र प्राविधिक मापदण्डबारे छलफल गरेको थियो। सीमित सरकारी बजेटबाट आधारभूत पूर्वाधार तयार गरी लिजमा दिने वा निजी क्षेत्रलाई जग्गा उपलब्ध गराएर निर्माणको जिम्मेवारी दिने विकल्पमाथि पनि विचार गरिएको छ।
एनपीएलका तीनवटै संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएका थिए। तेस्रो संस्करणपछि प्रधानमन्त्री बालेन्द्र शाहले छैटौँ संस्करणदेखि आठवटै टोलीका लागि फ्लडलाइटसहितका घरेलु मैदान निर्माण गर्ने घोषणा गरेका थिए।
तर क्रिकेटमा रिभ्यु प्रणालीजस्ता प्रविधि महँगो पर्ने भएकाले सबै मैदानमा एकैपटक पूर्ण सुविधा विस्तार गर्न चुनौती रहेको बताइएको