Advertisement
जापान

जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ

साझालेख साझालेख 2026-11-24 2 min Read
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ

जापानको आइची प्रिफेक्चर प्रहरीले चिकित्सकको अनुमति नलिई अपार्टमेन्टमै सौन्दर्य शल्यक्रिया गरेको आरोपमा भियतनामी नागरिक तीन जनालाई पक्राउ गरेको छ।
 

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३४ वर्षीया गुयेन थी हुएसहित अन्य दुई जना छन्। उनीहरूमाथि गत जनवरी १५ मा नागोया सहरको मिनामी क्षेत्रमा रहेको एक आवासीय भवनमा ४७ वर्षीया महिलाको आँखाको माथिल्लो तथा तल्लो भागको छाला काटेर सौन्दर्य उपचार गरेको आरोप छ।
 

ती महिलाले उक्त उपचारका लागि १८ लाख येन नभई १८ मान येन (१ लाख ८० हजार येन) तिरेकी थिइन्। उपचारपछि टाँका खोल्दा उनले आँखा पूर्ण रूपमा बन्द गर्न नसक्ने समस्या भोगिन्। त्यसपछि लगातार आँखा सुख्खा हुने समस्या देखिएको भन्दै प्रहरीसमक्ष उजुरी पुगेको थियो।
 

प्रहरीले नोभेम्बर २४ मा अपार्टमेन्टलगायत स्थानमा छापा मारेर बिक्रीबाट प्राप्त भएको आशंका गरिएको करिब एक करोड येन नगद बरामद गरेको छ। उनीहरूले सामाजिक सञ्जालमा शल्यक्रियाको दृश्य प्रत्यक्ष प्रसारण गरी ग्राहक आकर्षित गर्ने गरेको प्रहरीको आशंका छ। उपचारका क्रममा स्वास्थ्य समस्या देखिएपछि अन्य अस्पताल नजान आग्रह गरिएको आरोपसमेत छ।

पक्राउ परेका तीनै जनाले आरोप स्वीकार गरे वा गरेनन् भन्ने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले यस्ता अन्य घटनामा पनि संलग्नता

Advertisement

सम्बन्धित खबर