जापानमा अक्टोबर महिनामा उपभोक्ता मूल्य सूचकांक (कोर सीपीआई) अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि बैंक अफ जापानले निर्धारण गरेको दुई प्रतिशतको मुद्रास्फीति लक्ष्यभन्दा माथि हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा २.१ प्रतिशत रहेको कोर मुद्रास्फीति अक्टोबरमा बढेर २.२ प्रतिशत पुगेको हो। यससँगै लगातार दोस्रो महिना जापानको मुद्रास्फीति केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि कायम रहेको छ।
सरकारी अनुदान घटाइएपछि तथा विद्युत् र ग्यास सेवा प्रदायकले महसुल बढाएपछि ऊर्जा क्षेत्रमा मूल्यवृद्धि देखिएको छ। अक्टोबरमा ऊर्जा मूल्य २.२ प्रतिशतले बढेको छ। यसअघि सेप्टेम्बरमा ऊर्जा मूल्य ०.६ प्रतिशतले घटेको थियो।
ग्यासको मूल्य ५.३ प्रतिशत र विद्युत् महसुल १.६ प्रतिशतले बढ्दा पेट्रोलको मूल्य भने २.३ प्रतिशतले घटेको छ।
त्यस्तै, ताजा खाद्यवस्तुबाहेक अन्य खाद्यवस्तुको मूल्य अक्टोबरमा २.२ प्रतिशतले बढेको छ। सेप्टेम्बरमा यस्तो मूल्यवृद्धि २.९ प्रतिशत थियो।
खाद्य तथा ऊर्जा मूल्यमा देखिएको उतारचढावले जापानमा सर्वसाधारणको दैनिक खर्च र जीवनयापनको लागतमा प्रभाव पारिरहेको छ।
सम्बन्धित खबर
-
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख -
जापानमा रेल दुर्घटनामा ४ कामदारको मृत्यु, ठेकेदार कम्पनीमा प्रहरीको छापा
साझालेख