जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
जापानमा बसोबास गर्ने नेपाली तथा अन्य दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै अनलाइन किराना प्लेटफर्म ‘खुशी फुड्स’ले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ। एप एप्पलको iOS र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध भएको कम्पनीले जनाएको छ।
KHUSHI Co., Ltd. द्वारा सञ्चालित खुशी फुड्सले जापानमा नेपाली तथा एसियाली खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित मोबाइल एप सञ्चालनमा ल्याएको हो। एपमार्फत ग्राहकले चामल, दाल, मसला, अचार, चाउचाउ, स्न्याक्स, फ्रोजन मःमःलगायत दैनिक उपभोगका विभिन्न सामग्री आफ्नो स्मार्टफोनबाटै छनोट गरी अर्डर गर्न सक्नेछन्।
जापानमा नेपाली खाद्य सामग्री खोज्न विभिन्न पसल धाउनुपर्ने अवस्थालाई सहज बनाउने र अनलाइन किनमेलको अनुभव सरल बनाउने लक्ष्य कम्पनीले राखेको छ। ग्राहकले एपमार्फत उपलब्ध सामग्री हेर्न, आवश्यक सामान छनोट गर्न र अर्डर गर्न सक्नेछन्। कम्पनीले खरिदमा रिवार्ड पोइन्ट प्राप्त गर्ने सुविधासमेत उपलब्ध गराएको छ।
खुशी फुड्सको मोबाइल एप iPhone प्रयोगकर्ताले Apple App Store र Android प्रयोगकर्ताले Google Play Store बाट डाउनलोड गर्न सक्नेछन्। मोबाइल एपबाहेक कम्पनीको वेबसाइटमार्फत पनि अनलाइन अर्डर गर्न सकिने व्यवस्था छ।
जापानभर रहेका नेपाली समुदायलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस एपले नेपाली किराना सामग्रीको अनलाइन पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख -
जापानमा रेल दुर्घटनामा ४ कामदारको मृत्यु, ठेकेदार कम्पनीमा प्रहरीको छापा
साझालेख