Advertisement
समाज

स्रोत नखुलेको रकमसहित नेपाली र विदेशी नागरिक पक्राउ

साझालेख साझालेख 2026-11-26 2 min Read
स्रोत नखुलेको रकमसहित नेपाली र विदेशी नागरिक पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
 

काठमाडौं महानगरपालिका–१७ स्थित स्नोलाइन होटलको कोठा नम्बर १०४ मा प्रहरीले तलासी गर्दा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ४ हजार २१५.०९ ओमानी रियाल र ५५ दिराम बरामद गरेको हो।
 

पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युगित इब्राहिम र ठमेलमा बस्दै आएकी चितवनकी २० वर्षीया स्नेहा रिमाल रहेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगदसहित नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
 

यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोटबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ५ लाख ५० हजारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको कुशीनगर जिल्लास्थित कप्तानगञ्ज क्षेत्रका ४५ वर्षीय सन्तोष सिंह रहेका छन्। इलाका प्रहरी कार्यालय बेलहियासहितको प्रहरी टोलीले उनलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो।
 

दुवै घटनामा बरामद रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ।

Advertisement

सम्बन्धित खबर