Advertisement

प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट

साझालेख साझालेख 2026-11-26 1 min Read
प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
 

सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न सो भेटमा विभिन्न विषयमा कुराकानी भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
 

“प्रधानमन्त्री र पार्टी सभापतिबीच सौहार्दपूर्ण कुराकानी भयो, भेटमा विशेष गरी प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी केन्द्रित भएको थियो ।” उहाँले भन्नुभयो ।

Advertisement

सम्बन्धित खबर