Advertisement
जापान

जापानको फुकुओकामा ७० वर्षीय पुरुषको छुरा प्रहारबाट हत्या

साझालेख साझालेख 2026-11-26 2 min Read
जापानको फुकुओकामा ७० वर्षीय पुरुषको छुरा प्रहारबाट हत्या

जापानको फुकुओका सहरमा छुरा प्रहारबाट ७० वर्षीय पुरुषको हत्या भएको घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। घटनामा मृतकको घाँटी र अनुहारसहित शरीरका विभिन्न भागमा धेरै चोट रहेको र आत्मरक्षा गर्दा लाग्ने घाउ नभेटिएको प्रहरीले जनाएको छ।

 

नोभेम्बर २५ तारिख दिउँसो करिब १२ः३० बजे फुकुओका सहरको निशि वार्डस्थित जेआर क्युशु विश्वविद्यालय गाक्केन तोसि स्टेसनको साइकल पार्किङ क्षेत्रमा काम गर्ने ७० वर्षीय योशिआकी इशिकावामाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर रक्तस्रावका कारण उनको मृत्यु भएको हो।

 

घटनापछि आक्रमणकारी नजिकैको आयोन मल हुँदै फरार भएको बताइएको छ। घटनास्थल नजिकै एउटा धारिलो हतियारजस्तो वस्तु पनि फेला परेको प्रहरीले जनाएको छ।

 

यसैबीच, घटनाभन्दा करिब ५० मिनेटअघि घटनास्थलबाट ९ किलोमिटर टाढा रहेको निशिजिन स्टेसनमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा ४९ वर्षीय नोरिओ कावातानी पक्राउ परेका छन्। उनको पहिरन र शारीरिक बनावट घटनास्थल नजिकको सीसीटीभीमा देखिएको व्यक्तिसँग मिल्दोजुल्दो भएकाले प्रहरीले हत्याको घटनामा उनको संलग्नताबारे पनि अनुसन्धान गरिरहेको छ।

Advertisement

सम्बन्धित खबर