ताकाइचीको विमानबाट ओर्लिँदा देखिएको ४० सेमी खाली ठाउँ प्राविधिक खराबी हुन
लिँदा देखिएको करिब ४० सेन्टिमिटरको खाली ठाउँ भर्याङमा आएको प्राविधिक खराबीका कारण भएको हुन सक्ने बताइएको छ।
जिजी प्रेसले नोभेम्बर २४ मा घटनास्थलको अवस्थाबारे जानकार स्रोतलाई उद्धृत गर्दै भर्याङ माथि उठाउने प्रणालीले काम नगरेको हुन सक्ने जनाएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भने भएको छैन।
जापानका मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराका अनुसार विमानबाट बाहिर निस्कनुअघि यात्रुलाई दिइएको सावधानीसम्बन्धी सूचना चिनियाँ पक्षबाट नभई जापानी कर्मचारीबाट आएको थियो। भर्याङ जडान भइसकेपछि जापानी अधिकारीहरूले विमान र भर्याङबीच खाली ठाउँ देखेका थिए। त्यसपछि प्रधानमन्त्री ओर्लिनुअघि नै विमानभित्र रहेका टोलीलाई जानकारी गराइएको थियो।
यस घटनाबारे सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का वरिष्ठ नेता कोइची हागिउडाले यसलाई आकस्मिक घटना भन्दै जानाजानी गरिएको अपमानका रूपमा व्याख्या नगर्न बताएका छन्।
त्यस्तै, एलडीपीका नेता योशिमासा हायासीले पुष्टि नभएका विषयमा हतारमा निष्कर्ष निकाल्नु उचित नहुने बताएका छ
सम्बन्धित खबर
-
जापानमा SSW भर्ना रोकिँदा रेस्टुरेन्टमा कामदार अभाव
साझालेख -
जापानको फुकुओकामा ७० वर्षीय पुरुषको छुरा प्रहारबाट हत्या
साझालेख -
नेपालमा नक्कली जापानी प्रहरी परिचयपत्रसहित ठगीका सामग्री बरामद
साझालेख -
जापानमा विदेशी कामदारका लागि नयाँ जापानी भाषा परीक्षा
साझालेख -
जापान पठाउने भन्दै २ करोड २५ लाख ठगी, एक जना पक्राउ
साझालेख