जरुरी सूचना (जापान) : हराएको व्यक्तिको खोजी कार्यमा सहयोगको हार्दिक अपिल!
जापानको टोकियोस्थित एभरेस्ट इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय छात्र अमन अधिकारी हिजो (मिति २०२६/०५/२९ गते) बिहान करिब ८:२० बजे विद्यालय जानुभएको र साँझ ५:०० बजे विद्यालयबाट निस्किएपछि हालसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन।
परिवार र सम्बन्धित निकायहरूबाट उहाँको तीव्र रूपमा खोजी कार्य भइरहेको छ। यस संवेदनशील घडीमा जापानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खोजी कार्यमा सहयोग गरिदिनुहुन हामी हार्दिक अपिल गर्दछौं।
खोजीका लागि आवश्यक विवरण:
- नाम: अमन अधिकारी (Aman Adhikari)
- उमेर: १४ वर्ष
- विद्यालय: एभरेस्ट इन्टरनेशनल स्कुल, टोकियो
- सम्पर्कविहीन भएको मिति: २०२६/०५/२९
- पहिरन: विद्यालयको युनिफर्म (School Uniform)
के तपाईंले उहाँलाई कतै देख्नुभएको छ? यदि कसैले अमनलाई कतै देख्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै पनि जानकारी छ भने, कृपया तुरुन्तै नजिकको प्रहरी कार्यालय वा तल दिइएका नम्बरहरूमा सम्पर्क गरी जानकारी गराइदिनुहुन विनम्र अनुरोध छ।
सम्पर्क नम्बरहरू: 📞 090-1827-7348 📞 070-2220-9650
कृपया यो सूचनालाई सकेसम्म धेरै सेयर गरेर सबैमाझ पुर्याउन सहयोग गरिदिनुहोस्। तपाईंको एउटा सेयरले अमनलाई सकुशल परिवारसम्म ल्याउन ठूलो मद्दत गर्न सक्छ।
अमन अधिकारी सकुशल र छिट्टै आफ्नो परिवारको सम्पर्कमा फर्कून् भन्ने हाम्रो गहिरो कामना छ।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख