जापानमा किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा २८ वर्षीय नेपाली पक्राउ
जापानको तोत्तोरी प्रान्तमा एक किशोरी (टिनेजर) छात्रामाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा जापानी प्रहरीले एक २८ वर्षीय नेपाली युवालाई पक्राउ गरेको छ। ‘निर्दिष्ट दक्ष कामदार’ अर्थात् ‘तोकुतेइ गिनौ’ (Specified Skilled Worker) भिसा अन्तर्गत रोजगारीका लागि जापान प्रवेश गरेका ती हाल बेरोजगार रहेका नेपालीलाई मंगलबार (जुन २ तारिख) तोत्तोरी प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, ती आरोपित पुरुषले गत अप्रिल २३ तारिखको मध्यरात १२:१५ बजेदेखि बिहान ६:३० बजेको बीचमा तोत्तोरी सहरस्थित एक लजिङ मा ती किशोरीमाथि असहमतिमा यौनजन्य कार्य र दुर्व्यवहार गरेको आरोप लगाइएको छ। घटनापछि पीडित छात्राले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीको आधारमा आवश्यक अनुसन्धान गरेपछि प्रहरीले आरोपित नेपालीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाएको हो।
पीडित किशोरी तोत्तोरी प्रान्तको पूर्वी क्षेत्रमा बसोबास गर्ने विद्यार्थी हुन्। प्रहरीका अनुसार आरोपित नेपाली र पीडित किशोरीबीच पहिलेदेखि नै चिनजान रहेको खुलेको छ। उक्त घटनामा किशोरीलाई कुनै शारीरिक चोटपटक भने नलागेको बताइएको छ। यद्यपि, पक्राउ परेका ती २८ वर्षीय नेपाली युवाले भने प्रहरीसमक्ष आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरूलाई ठाडै अस्वीकार गर्दै आएका छन्। यस गम्भीर प्रकृतिको घटनामा जापान प्रहरीले हाल थप सुक्ष्म रूपमा विस्तृत अनुसन्धान जारी राखेको छ।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख