टोकियो — म्यानमारबाट जापान जाने वैदेशिक कामदारको नियमित आपूर्ति पछिल्लो समय उल्लेख्य रूपमा घटेको छ। म्यानमारका वैदेशिक रोजगारसम्बन्धी स्रोतहरूका अनुसार जापानबाट आउने रोजगारीका मागहरू परम्परागत अवस्थाको तुलनामा करिब ९० प्रतिशतसम्म घटेका छन्। यो गिरावट सन् २०२५ को मे महिनादेखि विशेष रूपमा देखिन थालेको बताइएको छ।
यसको मुख्य कारण म्यानमार सरकारले विदेशमा कामदार पठाउने प्रक्रियामा लगाएको कडाइ रहेको जनाइएको छ। नयाँ नियमअनुसार पुरुष कामदारलाई जापान पठाउन रोक लगाइएको छ भने महिलाका लागि समेत रोजगारी आवेदनमा प्रतिबन्ध लगाइएको छ।
म्यानमारका रोजगार एजेन्सीहरूले जापानमा कामदारको माग अझै रहेको भए पनि आवश्यक संख्यामा कामदार पठाउन नसक्दा जापानका रोजगारदाताहरूको माग इन्डोनेसियालगायत अन्य देशतर्फ सर्न थालेको बताएका छन्।
यससँगै जापानमा ‘स्पेसिफाइड स्किल्ड वर्कर’ (Specified Skilled Worker) नम्बर १ अन्तर्गत रेस्टुरेन्ट तथा खाद्य सेवा क्षेत्रमा नयाँ कामदार भित्र्याउने प्रक्रिया अस्थायी रूपमा रोकिएपछि पनि म्यानमारबाट आउने रोजगारी माग घटेको छ।
एक रोजगार एजेन्सीले यसअघि एक वर्षमा १ हजारभन्दा बढी कामदार जापान पठाउने गरेको भए पनि सन् २०२६ मा यो संख्या ५० जनाभन्दा केही बढी मात्र हुने अनुमान गरेको छ।
म्यानमार सरकारले पहिले विदेश पठाइने कामदारको संख्या मासिक रूपमा सार्वजनिक गर्ने गरे पनि अहिले तथ्यांक सार्वजनिक गर्न छाडेकाले वास्तविक संख्या कति घटेको हो भन्ने स्पष्ट हुन सकेको छैन।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख