जापानमा खाद्य सेवा क्षेत्रमा नयाँ विदेशी कामदार भर्ना रोकिएपछि ठूला सहरभन्दा बाहिरका रेस्टुरेन्ट व्यवसाय बढी प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ।
नोभेम्बर २४ मा सार्वजनिक गरिएको माइनाभी ग्लोबलको सर्वेक्षणअनुसार, क्षेत्रीय कम्पनीमध्ये ४४.१ प्रतिशतले निर्दिष्ट सीपयुक्त कामदार (एसएसडब्लू) भिसाअन्तर्गत नयाँ भर्ना रोकिँदा कर्मचारी नियुक्तिमा अत्यधिक असर परेको बताएका छन्। यो अनुपात ठूला सहरका कम्पनीको तुलनामा १६.३ प्रतिशत विन्दुले बढी हो।
सर्वेक्षणमा सहभागी क्षेत्रीय कम्पनीमध्ये झन्डै आधाले कामदार अभाव थप गम्भीर बनेको बताएका छन्। साथै, कर्मचारी नपाउँदा नयाँ रेस्टुरेन्ट शाखा सञ्चालन गर्ने योजना ढिलाइ हुने समस्या पनि क्षेत्रीय क्षेत्रमा बढी देखिएको छ।
खाद्य सेवा क्षेत्रका लागि तोकिएको विदेशी कामदारको अधिकतम सीमा पुगेपछि जापानले गत अप्रिलदेखि एसएसडब्लूअन्तर्गत नयाँ प्रवेश रोकिएको थियो।
सेप्टेम्बर र अक्टोबरमा ११३ वटा खाद्य सेवा कम्पनीमा गरिएको सर्वेक्षणमा ८०.५ प्रतिशत कम्पनीले वास्तविक कामदार अभावअनुसार क्षेत्रगत सीमा लचिलो बनाउनुपर्ने बताएका छन्। नयाँ भर्ना रोक्ने व्यवस्था सन् २०२९ मार्चसम्म जारी रहेमा ७४.३ प्रतिशत कम्पनीले आवश्यक कर्मचारी पाउन नसक्ने चिन्ता व्यक्त गरेका छन्।
सम्बन्धित खबर
-
जापानको फुकुओकामा ७० वर्षीय पुरुषको छुरा प्रहारबाट हत्या
साझालेख -
नेपालमा नक्कली जापानी प्रहरी परिचयपत्रसहित ठगीका सामग्री बरामद
साझालेख -
जापानमा विदेशी कामदारका लागि नयाँ जापानी भाषा परीक्षा
साझालेख -
जापान पठाउने भन्दै २ करोड २५ लाख ठगी, एक जना पक्राउ
साझालेख -
ताकाइचीको विमानबाट ओर्लिँदा देखिएको ४० सेमी खाली ठाउँ प्राविधिक खराबी हुन
साझालेख