Advertisement
जापान

जापान पठाइदिने भन्दै ११५ जनाबाट करिब २ करोड ८० लाख रुपैयाँ ठगी

साझालेख साझालेख 2026-08-11 2 min Read
जापान पठाइदिने भन्दै ११५ जनाबाट करिब २ करोड ८० लाख रुपैयाँ ठगी
जापान पठाइदिने भन्दै ११५ जनाबाट करिब २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा Gatsby International Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।
बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा २०८३ साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार बुढाथोकीले Gatsby International Pvt. Ltd. नामक कन्सल्टेन्सी सञ्चालन गर्दै विभिन्न व्यक्तिलाई जापान पठाइदिने भन्दै उनीहरूबाट रकम लिएको आरोप छ। उक्त कन्सल्टेन्सीमार्फत ११५ जनाबाट कुल २ करोड ८० लाख रुपैयाँ संकलन गरिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
जापान पठाउने आश्वासन दिएर रकम लिइएको तर वैदेशिक रोजगारसम्बन्धी प्रक्रिया पूरा नगरेको भन्दै उनीविरुद्ध उजुरी परेको जनाइएको छ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगी कसुरमा आवश्यक अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।
अनुसन्धानका क्रममा रकम संकलनको प्रक्रिया, पीडितको संख्या तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत थप विवरण खुल्न सक्ने बताइएको छ।
Advertisement

सम्बन्धित खबर