Advertisement
जापान

जापानमा परिवारलाई वार्षिक २ लाख ७० हजार येन अनुदानको तयारी

साझालेख साझालेख 2026-11-27 2 min Read
जापानमा परिवारलाई वार्षिक २ लाख ७० हजार येन अनुदानको तयारी

जापानमा कम तथा मध्यम आय भएका परिवारलाई नयाँ अनुदानको तयारी

जापान सरकारले कम तथा मध्यम आय भएका कामकाजी परिवारलाई आर्थिक राहत दिन नयाँ नगद अनुदान प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रस्तावित योजनाअनुसार दुई सन्तान भएका केही परिवारले वार्षिक अधिकतम २ लाख ७० हजार येनसम्म अनुदान पाउन सक्नेछन्।

सरकारी योजनाअनुसार सन् २०२७ अप्रिलदेखि दुई वर्षसम्म खाद्यवस्तुमा लाग्ने उपभोग कर ८ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ। प्रारम्भिक चरणमा वार्षिक १० लाखदेखि ४५ लाख येनसम्म आम्दानी भएका व्यक्तिलाई २५ हजार येन र प्रत्येक बच्चाका लागि थप ५ हजार येन दिने योजना छ। यसअनुसार चार सदस्यीय परिवारले कुल ६० हजार येनसम्म पाउन सक्ने प्रधानमन्त्री सानाए ताकाइचीले बताएकी छन्।

सन् २०२९ को आर्थिक वर्षदेखि भने कर कटौतीको सट्टा आयका आधारमा नगद अनुदान दिने प्रणालीलाई मुख्य आधार बनाउने तयारी छ।

तर, संसदमा प्रस्तुत विधेयकमा अनुदान पाउने व्यक्तिको स्पष्ट मापदण्ड र रकम उल्लेख नभएको भन्दै विपक्षी दलहरूले प्रश्न उठाएका छन्।


 


 

Advertisement

सम्बन्धित खबर