जापानको साइतामा प्रिफेक्चरस्थित खावागुची सहरले विदेशी नागरिकसँग सम्बन्धित समस्याहरू समाधान गर्न देशमै पहिलोपटक ‘विदेशी परामर्श कक्ष’ (Foreigner Consultation Desk) स्थापना गर्ने भएको छ। विदेशी नागरिकको सबैभन्दा धेरै बसोबास रहेको यस सहरमा आगामी जुलाई १ तारिखदेखि उक्त सेवा सुरु हुन लागेको हो।
मे २९ तारिखमा आयोजित पत्रकार सम्मेलनमा खावागुची सहरकी मेयर युरिको ओखामुराले यसको औपचारिक घोषणा गर्नुभएको हो। यस परामर्श कक्षमा अध्यागमन विभाग (Immigration Services Agency) का अनुभवी अधिकारीहरू स्थायी रूपमै उपस्थित रहनेछन्। यो कदम जापानभरमै पहिलो अभ्यास हो। कक्षमा दुई जना नगर कर्मचारी र एक जना अध्यागमन अधिकारी रहनेछन्, जसले जापानी र विदेशी दुवै पक्षका गुनासा र समस्या सुन्नेछन्।
करिब ६ लाख १० हजार जनसङ्ख्या रहेको खावागुचीमा हाल ५६ हजारभन्दा बढी (करिब ९.२ प्रतिशत) विदेशी नागरिक बसोबास गर्छन्। विदेशीको सङ्ख्या बढ्दै जाँदा स्थानीय र विदेशीबीच बेलाबेला उत्पन्न हुने विवाद र असमझदारीलाई न्यूनीकरण गर्न यो डेस्क निकै प्रभावकारी हुने विश्वास गरिएको छ।
मेयर ओखामुराका अनुसार, अध्यागमन अधिकारी नै प्रत्यक्ष रूपमा खटिने हुँदा भिसा तथा बसोबास व्यवस्थापनलगायतका जटिल विषयमा तत्काल समाधान खोज्न सहज हुनेछ। साथै, सहरको अधिकार क्षेत्रभन्दा बाहिरका विषयमा पनि केन्द्र सरकारको सहयोगमा छिटो र प्रभावकारी रूपमा विदेशीहरूलाई आवश्यक पर्ने विविध सहायता प्रदान गर्न सकिनेछ। यस कदमले जापानी र विदेशी समुदायबीच शान्तिपूर्ण तथा व्यवस्थित सहअस्तित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख