Advertisement
जापान

जापानमा सुन तस्करी रोक्न बिक्रीमा परिचयपत्र जाँच लागू गरिने

साझालेख साझालेख 2026-11-27 2 min Read
जापानमा सुन तस्करी रोक्न बिक्रीमा परिचयपत्र  जाँच लागू गरिने

जापान सरकारले सुन तस्करी र कर छली नियन्त्रण गर्न सुनको खरिदबिक्रीमा नयाँ कडाइ गर्ने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार सुन बिक्री गर्दा फोटोसहितको परिचयपत्र अनिवार्य गरिनेछ भने २० लाख येनभन्दा बढीको कारोबारमा थप प्रमाणीकरण गरिनेछ।

गत जनवरीमा चीनबाट नारिता विमानस्थल ल्याइएका पुतलाभित्र लुकाइएको करिब २४२ केजी सुन टोकियो भन्सारले बरामद गरेको थियो। उक्त सुनको मूल्य करिब ५ अर्ब ३० करोड येन रहेको थियो। जुन महिनामा यस प्रकरणसँग सम्बन्धित तस्करीको आरोपमा चिनियाँ नागरिकसहित ६ जना पक्राउ परेका थिए।

तस्करहरूले शरीरभित्र सुनको धुलो लुकाउनेदेखि समुद्रमा सुन फालेर अर्को जहाजमार्फत उठाउनेसम्मका तरिका अपनाउने गरेको बताइएको छ।

अर्थ मन्त्रालयका अनुसार सन् २०२५ मा जापानले करिब १० टन सुन आयात गर्दा २२८ टन निर्यात गरेको थियो। तस्करहरूले १० प्रतिशत उपभोग करको दुरुपयोग गरी अवैध सुन निर्यात गरेर कर फिर्ताबाट नाफा कमाउने गरेको पाइएको छ।

यसलाई रोक्न सरकारले माई नम्बर कार्ड वा चालक अनुमतिपत्रजस्ता फोटोयुक्त परिचयपत्र अनिवार्य गर्ने र २० लाख येनभन्दा बढीको कारोबारमा परिचयपत्रको आईसी चिप जाँच गर्ने व्यवस्था आगामी आर्थिक वर्षको कर सुधार योजनामा समावेश गर्ने तयारी गरेको छ।

Advertisement

सम्बन्धित खबर