Advertisement
जापान

जापानमा मासु–अण्डाको भाउ अहिलेसम्मकै उच्च, किन बढ्यो यति धेरै?

साझालेख साझालेख 2026-08-13 2 min Read
जापानमा मासु–अण्डाको भाउ अहिलेसम्मकै उच्च, किन बढ्यो यति धेरै?

जापानमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि जारी रहँदा कुखुरा र सुँगुरको मासुको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयले देशभरका ४७० पसलमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो।

मन्त्रालयका अनुसार कुखुराको तिघ्राको मासु १०० ग्रामको औसत १५६ येन पुगेको छ, जुन सामान्य वर्षको तुलनामा १५ प्रतिशत महँगो हो। सुँगुरको लोइन मासु पनि १०० ग्रामको २९० येन पुगेको छ। दुवैको मूल्य सन् २००३ मा सर्वेक्षण सुरु भएयताकै उच्च हो।

महँगीका कारण गाईको मासुभन्दा तुलनात्मक रूपमा सस्तो कुखुरा र सुँगुरको मासुतर्फ उपभोक्ताको माग बढेकाले मूल्यमा थप दबाब परेको बताइएको छ।

यस्तै, आयातित गाईको मासुको मूल्य पनि १०० ग्रामको ४४२ येन पुगेको छ। कमजोर येन र अमेरिकामा उत्पादन घट्नु यसको प्रमुख कारण मानिएको छ।

अण्डाको मूल्यसमेत बढेर १० वटा प्याकेटको औसत ३०५ येन पुगेको छ। बर्ड फ्लुका कारण आपूर्ति अझै पूर्ण रूपमा सामान्य नभएको बताइएको छ।

यसले जापानमा बस्ने परिवारको दैनिक खाद्य खर्चमा थप दबाब पर्ने देखिएको छ।

Advertisement

सम्बन्धित खबर