जापानको आतिशबाजी महोत्सवमा दुर्घटना, दर्शकमाथि पटाका खस्दा ३ जना घाइते
टोकियो । जापानको शिजुओका प्रिफेक्चरस्थित इतो सहरमा आतिशबाजी हेर्न पुगेका दर्शकमाथि पटाकाको केही भाग खस्दा एक बालकसहित तीन जना घाइते भएका छन्।
सोमबार राति आयोजित **‘८०औँ आन्जिनसाई समुद्री आतिशबाजी महोत्सव’**का क्रममा राति करिब ८ः४४ बजे दर्शक क्षेत्रतर्फ आतिशबाजीको केही भाग खसेको थियो। घटनामा ३० वर्ष आसपासका दम्पती र उनीहरूका ७ वर्षीय छोरालाई जलन भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
बालकको टाउकोमा तथा उनका आमाबुवाको खुट्टामा जलन भएको थियो। आमा र छोरालाई उपचारका लागि अस्पताल लगिए पनि उनीहरूको अवस्था गम्भीर नरहेको र ज्यानमा खतरा नभएको बताइएको छ।
घटनामा थप दुई जनाले पनि आफ्नो कपाल र कपडा जलेको जानकारी दिएका छन्। यसरी पाँच जनाले क्षति भएको भन्दै प्रशासनसमक्ष जानकारी गराएका थिए।
यस वर्षको महोत्सवमा अहिलेसम्मकै ठूलो करिब २० हजार आतिशबाजी प्रहार गरिएको थियो। घटनापछि इतो सहरले प्रभावितप्रति माफी माग्दै दुर्घटनाको कारण पत्ता लगाउने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था पुनरावलोकन गर्ने जनाएको छ।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख