जापानमा एकातिर अत्यधिक गर्मीको प्रकोप बढेको छ भने अर्कोतर्फ ताईफुको गम्भीर खतरा मडारिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार, ताईफु नम्बर ६ आउँदो सोमबार (जुन १) देखि मंगलबार (जुन २) सम्ममा अत्यन्तै शक्तिशाली रूप लिँदै ओकिनावा र अमामी क्षेत्रको नजिक पुग्ने अनुमान गरिएको छ। यसको प्रभावस्वरूप ओकिनावामा विनाशकारी हावाहुरी चल्नुका साथै भारी वर्षा हुने सम्भावना छ। ताईफु आउनुअघि नै क्युशुदेखि कान्तो र कोशिन क्षेत्रसम्म पनि मुसलधारे वर्षा हुन सक्ने भएकाले समयमै उच्च सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
यसैबीच, शनिबार जापानको तोहोकुदेखि ओकिनावासम्मका अधिकांश स्थानमा ‘मानाचुबी’ (३० डिग्री सेल्सियसभन्दा माथिको गर्मी) मापन गरिएको छ। गुन्मा प्रिफेक्चरको किर्यु सहरमा सबैभन्दा बढी ३३.८ डिग्री, गिफु र ओइतामा ३२.६ डिग्री तथा टोकियोको नेरिमामा ३०.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भयो। यो अत्यधिक गर्मी आइतबार पनि जारी रहनेछ। ओइताको हिता सहरमा अधिकतम तापक्रम ३५ डिग्री पुगेर ‘मोशोबी’ (अत्यधिक गर्मीको दिन) हुने पूर्वानुमान छ भने फुकुओका, फुकुशिमा र तोयामामा पनि तापक्रम ३३ देखि ३४ डिग्रीसम्म पुग्नेछ।
यस्तो दोहोरो मौसमी चुनौतीको समयमा स्वास्थ्य र सुरक्षा दुवैमा ध्यान दिन अधिकारीहरूले अपिल गरेका छन्। गर्मीबाट बच्न एयर कन्डिसनरको सही प्रयोग गर्न, प्रशस्त तरल पदार्थ पिउन र बाहिरी काम गर्दा पर्याप्त विश्राम लिन सुझाव दिइएको छ। त्यसैगरी, हावाहुरी, बाढी, पहिरो र यातायात अवरोधको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षित रहन विशेष तयारी गर्न अनुरोध गरिएको छ।
सम्बन्धित खबर
-
जापानमा महँगीको दबाब कायमै, मुद्रास्फीति २.२ प्रतिशतमा उक्लियो
साझालेख -
जापानमा नेपाली स्वाद घरमै पुर्याउन KHUSHI FOODS को मोबाइल एप सार्वजनिक
साझालेख -
जापानमा सैलुनको आवरणमा अवैध सौन्दर्य शल्यक्रिया, ३ जना पक्राउ
साझालेख -
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख