प्रविधि

बागलुङमा नेपाल टेलिकमको मोवाईल सेवा अवरुद्ध भएको छ

By: साझा लेख Date: 2023-05-31 2 min Read

बागलुङ -शुक्रबार साँझ देखि। मोवाईल सेवा अवरुद्व हुँदा नागरिक सञ्चार बिहिन भएका छन ।

टेलिकमको पोखरा देखि बागलुङ खण्डको फाईबर तार चुँडिएपछि मोवाईल सेवा अवरुद्व भएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो । फाईबर चुँडिदा शुक्रबार साँझ देखि नेपाल टेलिकमका सबै सेवा अवरुद्व भएको शर्माले बताउनु भयो ।

नेपाल टेलिकम अन्तर्गतका ल्याण्ड लाईन टेलिफोन, मोवाईल, सिडिएमए सबै फोन सेवा अवरुद्ध भएका हुन् । टेलिफोन र मोवाईल सेवा अवरुद्ध भपछि यस क्षेत्रका बासिन्दाहरु कुराकानी गर्न देखि मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन बञ्चित भएका छन् ।

त्यस्तै नेपाल टेलिकमको रिपीटर टावरमा समस्या आएकोले माईक्रोवेभ रेडियो लिङ्क समेत बन्द भएको छ । मर्मतका लागि पोखराबाट आएको प्राविधिक टोलीले काम गरिरहेको हुँदा शनिबार दिउँसो सम्ममा सेवा सुचारु हुने नेपाल टेलिकमले जनाएको छ ।यद्यपी निजी कम्पनीका ईन्टरनेट भनें सञ्चालनमा रहेका छन ।

सम्बन्धित खबर