प्रविधि

ग्यालेक्सी एआइ अघिल्ला मोडलहरूमा पनि उपलब्ध

By: साझा लेख Date: 2024-02-26 2 min Read
ग्यालेक्सी एआइ अघिल्ला मोडलहरूमा पनि उपलब्ध

मोबाइल एआईको विश्वव्यापी विस्तारलाई गति दिन सामसङले ग्यालेक्सी एआईको अनुभव आफ्नो अघिल्लो फोन मोडलहरूमा उपलब्ध गराउने भएको छ।

 

सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस २३ एफई, जेड फोल्ड ५ र जेड फ्लिप ५ सिरिजहरूमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआइ उपलब्ध हुने जनाएको छ।

हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस २४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अन–डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत प्रयोगकर्ताहरूको मोबाइल एआई अनुभवको स्तरलाई उकास्ने छ।

 

‘ग्यालेक्सी एआईसँग हाम्रो लक्ष्य मोबाइल एआइको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँच योग्य बनाएर प्रयोगकर्ताहरूलाई सशक्त बनाउनु पनि हो’, सामसङ इलेकट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टिएम र्‍होले भने, ‘यो ग्यालेक्सी एआइको सुरुवात मात्र हो, हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरूलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआइको असीमित सम्भावनाहरूको उपयोगको लागि नवीन उपायहरूको खोजी जारी राख्ने छ।’

सम्बन्धित खबर