प्रविधि

फोटोको भरमा वेबसाइट तयार पारिदिने ‘जीपीटी-फोर

By: Date: 2023-05-31 4 min Read

च्याटजीपीटीमा कसरी प्रयोग गर्ने जीपीटी-फोर ?

जीपीटी-फोर सबैको लागि उपलब्ध भइसकेको छ । यसलाई हाल निःशुल्क रुपमा भने प्रयोग गर्न सक्नुहुन्न । यदि तपाईँले मासिक २० डलर तिरेर च्याटजीपीटीको प्लस भर्सन खरिद गर्नुभएको छ भने मात्र तपाईँले जीपीटी-फोर प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाईँ आफ्नो निःशुल्क सेवालाई सशुल्कमा अपग्रेड गर्न चाहनुहुन्छ भने तल लेखिएको प्रक्रिया अपनाउन सक्नुहुन्छ:

- च्याटजीपीटीमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस्

- स्क्रिनको बायाँतिर तलपट्टि भएको 'अपग्रेड प्लान' बटनमा क्लिक गर्नुहोस्

- त्यहाँ दिइएको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाउँदै जानुहोस्

- तपाईँले च्याटजीपीटी प्लस खरिद गरिसक्नुभएपछि स्क्रिनमा नयाँ अप्सन आउँछ त्यहाँ गएर'जीपीटी-फोर मोडेल' मा क्लिक गर्नुहोस् ।

कम्पनीले केही समयपछि निःशुल्क प्रयोगकर्ताको लागि पनि जीपीटी-फोर उपलब्ध गराउने तयारी गरिरहेको छ । यद्यपि यो कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी आइसकेको छैन ।

त्यसोभए निःशुल्क रुपमा जीपीटी-फोरको अनुभव कसरी लिने त ? यसको लागि माइक्रोसफ्टले केही सुविधा उपलब्ध गराएको छ । जीपीटी-फोर सार्वजनिक गर्ने क्रममा नै कम्पनीले बिङ च्याटमा जीपीटी-फोर पनि प्रयोग गरिएको विषयमा बताएका छन् । यसको अर्थ हो, तपाईँले जीपीटी-फोर नै प्रयोग नगरेपनि यसको सुविधा बिङ च्याटमा पाउन सक्नुहुन्छ ।

अन्य कुन कुन एपमा छ जीपीटी-फोर ?

जीपीटी फोर च्याटजीपीटी बाहेक अन्य केही एपहरुमा पनि पाउन सकिन्छ । शैक्षिक क्षेत्रदेखि व्यापारसम्मको प्रयोगको लागि जीपीटी-फोर उपयुक्त छ । सोहि अनुरूप अन्य विभिन्न एपमा पनि जीपीटी-फोरको अनुभव लिन सकिन्छ । जीपीटी-फोर उपलब्ध भएका एपहरू:

- माइक्रोसफ्ट अफिस ३६५: जीपीटी-फोर सार्वजनिक हुने वित्तिकै माइक्रोसफ्टले अफिस ३६५ मा पनि यो सेवा उपलब्ध गराउने घोषणा गरिसकेको छ । कोपिलट नाम दिइएको उक्त फिचर चाडैँ नै पावरपोइन्ट, वर्ड, एक्सेल लगायतमा उपलब्ध हुनेछ ।

- डुओलिङ्गो म्याक्स: यदि तपाईँ अन्य कोही व्यक्तिको सहाराबिना नै नयाँ भाषा सिक्न चाहनुहुन्छ भने डुओलिङ्गोले तपाईँको लागि नयाँ सशुल्क योजना ल्याएको छ । उक्त योजनामा तपाईँले जीपीटी-फोरको सहयोगमा नयाँ भाषा सिक्न सक्नुहुन्छ । यसमा च्याटबटले तपाईँलाई नयाँ भाषा सिकाउनुका साथै तपाईँले गर्नुपर्ने सुधारको विषयमा सल्लाह पनि दिनेछ ।

- स्ट्राइप: भुक्तानी व्यवस्थापक एप स्ट्राइपले जीपीटी-फोरमा आधारित १४ नयाँ सफ्टवेयरहरू विकास गरेको छ । कम्पनीका अनुसार यो नयाँ मोडलहरू सफ्टवेयर विकास, व्यवसाय व्यवस्थापन र ठूला डेटाहरू व्यवस्थापन गर्नको लागि सहयोग गर्नेछ ।

- खान एकेडेमी: गैरनाफामूलक शैक्षिक वेबसाइट खान एकेडेमीले खानमिगो नामक च्याटबटको निर्माण गरिरहेको छ । खानमिगो जीपीटी-फोरमा आधारित च्याटबट हो ।

यो च्याटबटले प्रयोगकर्तालाई कुनै लेख लेख्न सहयोग गर्नेछ भने नयाँ शब्दहरूको प्रयोग गर्न प्रशिक्षण पनि दिनेछ । साथै यसले वादविवादका लागि विपक्षीको रुपमा तपाईँसँग विवाद पनि गर्न सक्नेछ ।

 

सम्बन्धित खबर