खेलकुद

विश्वकप प्रसारणमा मिडिया हबले थप शुल्क उठाउन पाउने

By: Date: 2023-05-31 1 min Read

सर्वोच्च अदालतले विश्वकप प्रसारणमा मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ ।

यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सर्वोच्चले थप शुल्क उठाएर विश्वकप प्रसारण गर्ने बाटो खोलिदिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खुलेको हो ।

मिडिया हबले थप शुल्क उठाउन लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले विश्वकप फुटबल प्रसारण मिडिया हबले टेलिभिजन ग्राहकसँग थप ५ सय रुपैयाँ लिने भएपछि रिट दायर गरेका थिए ।

सम्बन्धित खबर