खेलकुद

एसीसी इमर्जिङ एसिया कप २०२३ आउँदो जुलाईमा श्रीलंकामा हुने

By: साझा लेख Date: 2023-06-24 2 min Read
एसीसी इमर्जिङ एसिया कप २०२३ आउँदो जुलाईमा श्रीलंकामा हुने

काठमाडौं- एसिसी इमर्जिङ एसिया कप २०२३ एकदिवसीय प्रतियोगिता श्रीलंकामा हुने भएको छ । आगमी जुलाई १४ देखी २३ सम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपाल समूह ए मा छ । नेपाल, पाकिस्तान, भारत र श्रीलंका ए एकै समूहमा रहनेछन् ।

तीन टेस्ट टोलीले भने इमर्जिङ एसिया कपमा आफ्नो ए टोली पठाउने छन् । समूह बीमा ओमान, युएई, बंगलादेश, र अफगानिस्तान ए रहनेछन् । इमर्जिङ एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । नेपाल र पाकिस्तान ए बी को पहिलो खेल १४ जुलाईमा खेल्नेछ ।

नेपालले दुई महिना अघि घरेलु मैदान टियुमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ एसिया कपमा स्थान बनाएको थियो । एसिसी प्रिमियर कपमा नेपाल, युएई र ओमानले शीर्ष तीनमा रहँदै इमर्जिङ एसिया कपमा स्थान बनाएका थिए ।

नेपाल वर्तमान समयमा आइसिसी विश्वकप छनोटका लागि जिम्बावेमा छ । नेपाली सिनियर टोली लगातार ब्यस्त हुँदा इमर्जिङ एसिया कपमा केहि युवा खेलाडीलाई मौका दिनसक्ने सम्भावना छ । नेपालले इमर्जिङ एसिया कपको लागि विश्वकप छनोटपछि टोली घोषणा गर्ने अनुमान गरिएको छ ।

इमर्जिङ टिम्स एसिया कपमा टेस्ट टोलीका यू-२३ खेलाडी खेल्नेछन् । इमर्जिङ टिम्स एसिया कपमा नेपाल २०१९ मा खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल भारतसँग ७ विकेट र बंगलादेशसँग ८ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

नेपालले हङकङलाई ४० रनले हराएको थियो । त्यसपछि भने इमर्जिङ टिम्स एसिया कप हुन सकेको छैन । नेपालले २०१३ र २०१७ को एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेको थियो । २०१८ मा भने नेपाल छनोट हुन सकेको थिएन ।

सम्बन्धित खबर