नेपालमा क्रिकेटको सुरुवात | नेपाली क्रिकेटको कथा
साझा लेख
काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । शनिबार नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।
समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा नेपाल सोझै फाइनलमा पुग्न सफल भएको छ । अब फाइनलमा नेपालले यूएईसँग भिड्नेछ ।
उता, यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुग्न सफल भएको छ ।
वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा कुवेतलाई २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्र रन जोड्न सफल भयो । जारी खेलकै क्रममा वर्षा भएपछि खेल रोकिएको थियो ।
उपाधिका लागि नेपाल र यूएईबीचको फाइनल खेल सोमबार हुनेछ । तेस्रो स्थानका लागि कुवेत र ओमानले आइतबार खेल्नेछन् ।