बागलुङमा एक पुरुषद्वारा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास
बागलुङ नगरपालिका वडा नम्वर ८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको हो ।
घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गंगा बहादुर थापाले जानकारी दिनुभयो । जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अंगमा जलेको थापाले बताउनुभयो ।
पेट्रोल छर्केर घाइते अवस्थामा रहनुभएका जिसीलाई धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा रेफर गरिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताउनुभयो ।
आज विहान करिव ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता थापाले बताउनुभयो ।
पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखरा पठाइएको हो ।
source:@galkotfm, Galkot, Baglung