कालीकोटमा माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
साझा लेख
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।
जथाभावी पार्किङका कारण सौन्दर्यता गुमाउँदै गएको न्युरोडलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्न लागेको हो । त्यसका लागि कामपाले योजना तयारी गरिरहेको जनाएको छ ।
कामपाले राजधानीका अधिकांश सडकमा भएको पार्किङ हटाए पनि न्युरोड क्षेत्रको हटाउन सकेको छैन् ।
महानगरने केही महिनापछि सो क्षेत्रबाट पार्किङ खाली भएपछि न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउन लागेको हो ।
कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धरहरा र काठमाडौं मलको भुमिगत तला खाली भएपछि न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्न लागेको जानकारी दिनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।