समाज

गोलकोत कोतमा देवीको पुजा र उपासना गरी चैते दशैं मनाईदै

By: Date: 2023-05-31 3 min Read

लकोटको ऐतिहासिक एवं धार्मिक स्थल कोत मन्दिरमा नवरात्रको आरम्भ सँगै पूजा अर्चना शुभारम्भ गरिएको छ ।

गलकोट नगरपालिका वडा नम्वर ३ को कोत मैदानमा अवस्थित कोत मन्दिरमा साँझ बिहान नित्य पुजा, पाठपारायण सुरु गरिएको कोत मन्दिर व्यवस्थापन समितीका सचिव सन्त बहादुर खत्रीले जानकारी दिनुभयो ।

यस क्षेत्रका जनताको दैविक प्रकोपबाट रक्षा, सुरक्षा एवं सु–स्वास्थ्य दिर्घायु, सदा उन्नति र प्रगतिको कामना गर्दै पुजारी ब्राहमणहरुद्धारा ९ दिन सम्म अन्त्यन्त निष्ठापुर्वक परापुर्वकाल देखि पुजापाठ गर्ने प्रचलन रहेको सचिव खत्रीले बताउनुभयो । 

कोत मन्दिरमा राखिएका ठुलाठुला खुकुरी खुँडा र तरबारले यहाँको धार्मिक महत्व उजागर गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण गरेको छ । खड्ग र मालिका भगवतीको विशेष रुपमा पूजा गरिन्छ । भक्तजनहरु यहाँ आई खडग, मालिका, भगवतीको दर्शन गरि आफ्नो मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वास रहेको छ । 

जिल्लामै एउटा महत्वपुर्ण शक्तिपिठको रुपमा रहेको कोतमन्दिरमा चैते दशैंमा चैत १४ गते फुलपातीको दिन गलकोट नगरपालिका वडा नम्बर ३ हटियाको वडा कार्यालयबाट डोलीमा फुलपाती सँगै हटिया बजार परिक्रमा गर्ने र  भक्तजनहरुबाट फुल प्रसाद संकलन गरी साँझ कोत मन्दिर भित्राउने कार्यक्रम रहेको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिनुभयो ।  

कोत मैदानमा चैते दशैँमा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित परम्परागत रुपमा वर्षौ देखि भव्य मेला सञ्चालन हुँदै आएको गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्चका महासचिव गगन कुँवरले बताउनुभयो ।

कोत मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अहिले भौतिक पुर्वाधारको विकास, पुरातात्विक चिजको संरक्षण सँगै मन्दिर जिर्णोद्वार समेत गरिएको छ । त्यसको लागि संघिय, प्रदेश र स्थानिय सरकारले आवश्यक सहयोग गर्दै आएको कोत पूजा व्यवस्थापन समितीका अध्यक्ष मिन बहादुर खत्रीले जानकारी दिनुभयो ।

source galkotFM

सम्बन्धित खबर