समाज

भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०ः५१ बजे

By: साझा लेख Date: 2023-11-11 2 min Read
भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०ः५१ बजे

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको छ ।
यमपञ्चकको पाँचौं दिनमा मनाइने भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।

राज्य सञ्चालकले भने साइतमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै परेको छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन सकिने अध्यक्ष अधिकारीको भनाई छ । हिन्दू धर्मालम्बीहरुले भाइटीकामा दाजुभाईलाई दिदीबहिनीले सप्तरङ्गी टीका लगाउदै दिर्घायु, उन्नती प्रगतीको कामना गर्छिन भने दाजुभाईले गक्षअनुसारको उपहार, दक्षिणा दिने चलन छ ।

सम्बन्धित खबर