राजनीति

सबै क्रान्तिकारीबीच एकता आवश्यक छ : महासचिव विप्लव

By: साझा लेख Date: 2023-11-18 2 min Read
सबै क्रान्तिकारीबीच एकता आवश्यक छ : महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रमचन्द विप्लवले सबै क्रान्तिकारीबीच एकता आवश्यक रहेको दोहो¥याएका छन् ।

शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिष्टहरूको ध्रुविकरण तथा एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले, असल चाहानाहरु पुरा गर्न सबै क्रान्तिकारीहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।

‘कम्युनिष्ट पार्टी बन्नु एकता हो, त्यसलाई परिस्कृत, शुद्धिकरण गर्नु एकता हो, जनतालाई विश्वास दिलाउनु पनि एकता हो। समाजवादको निमार्ण गर्नु त्यसलाई साम्यवादमा रूपान्तरण गर्नु एकता हो । पुरानाहरु एकता अप्रयाप्त हुन्छन् र नयाँ एकता आवश्यक हुन्छ ।’ उनले भने, ‘पुराना एकताबाट मात्रै सोच्ने हो भने हाम्रो सपना, लक्ष्यहरु पूरा हुदैँनन् । त्यसकारण हरेक पल पार्टीलाई नयाँ बनाउँदै लैजानु पर्छ ।’

उनले क्रान्तिकारी कम्युनिष्टहरूको एकीकरणले नेपालीहरुको निराशा र बेचैनी हटाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो एकताले के गर्छ भने नेपालमा रहेको निराशाको बादललाई त्यसलाई हटाउने काम गर्छ, जनताहरूमा बेचैनी छ, यो एकताले जनतालाई कम्युनिष्टहरूले नै देशको नेतृत्व गर्छ भन्ने आशा दिन्छ र देशमा भएको निराशालाई चिर्न भूमिका खेल्छ ।’

अब देशमा राजतन्त्र फर्किने कुरा असम्भव रहेको दोहो¥याएका उनले भने ‘ निराश हुनुपर्ने अवस्था छैन् । नेपालमा राजतन्त्र फर्किने कुरा सम्भव छैन्, कल्पना नगरे हुन्छ । नेपालमा फेरि सामन्तहरु आएर रजाई गर्ने समय छैन् । ’

सम्बन्धित खबर