राजनीति

रञ्जिता श्रेष्ठ अख्तियारमा बयान दिन उपस्थित

By: साझा लेख Date: 2025-07-24 1 min Read
रञ्जिता श्रेष्ठ अख्तियारमा बयान दिन उपस्थित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष तथा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुगेकी छिन्। घुससम्बन्धी एक प्रकरणमा आफ्नो नाम जोडिएपछि उनी केही समयअघि आयोगमा उपस्थित भएकी हुन्।
 

बिचौलियासँगको घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए। उक्त प्रकरणमा अख्तियारले सुरु गरेको छानबिनको क्रममा रञ्जिता श्रेष्ठको संलग्नता देखिएपछि आयोगले उनलाई बयानका लागि बोलाएको हो।

सम्बन्धित खबर