सबै क्रान्तिकारीबीच एकता आवश्यक छ : महासचिव विप्लव
साझा लेख
भोजपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिक बम विस्फोट भएको छ।
गठबन्धनले पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङमा आयोजना गरेको चुनावी सभा नजिकै विस्फोट भएको हो। विस्फोटमा अरुण गाउँपालिका–४ चरम्बीका सुमन श्रेष्ठ घाईते भएका छन्।
घाइते श्रेष्ठ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन्। उनी आफैले बोकेको बम विस्फोट भएको प्रहरीले जनाएको छ। उनको बायाँ खुट्टामा गहिरो चोट लागेको छ। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
चुनावी सभालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल लगायत गठबन्धनका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।