जीवनशैली

अनुहारकाे चाया पाेताे हटाउन चाहनुहुन्छ?

By: Date: 2023-05-31 2 min Read

आफनो मुहार सुन्दर बनाउनका लागि महिलाहरुले धेरै कार्यहरु गरिरहेका हुन्छन्, ताकी आफनो मुहार अझै निखार र सुन्दर देखियोस्।
यसका लागि उनीहरुले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन्।

तर, तपाईंलाई यो थाहा नहुन सक्छ आफनै घरमा भएका सामाग्रीहरु प्रयोग गरेर ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सकिन्छ। त्यसका लागि तपाईंले टमाटर र कागती प्रयोग गरेर मुहारलाई अझ सुन्दर बनाउन सक्नु हुन्छ।

कागतीमा भिटामिन सी पाइन्छ भने टमाटरमा पाइने भिटामिन बी र एन्टी आँक्सीडेंन्टका कारण मुहारमा प्राकृतिक निखार ल्याउन मद्दत गर्दछ।
आउनुहोस् जानी राखौं घरमा सजिलै बनाउन सकिने घरेलु मेकअप प्याक र यसवाट हुने फाइदाका विषयमा।

मुहारमा कागती र टमाटर लगाउनुको फाइदाः

छालालाई शितलता: चर्को घामले छालामा समस्या ल्याइरहेको हुन्छ। यस्तो बेला मुहारमा टमाटरको प्रयोग गरेमा शितलता प्रदान गर्दछ। टमाटरमा पाउने तत्वले छालाको जलनमा शितलता प्रदान गर्न मदत गर्दछ।

सफा र चम्किलो मुहारः टमाटर र कागतीले छालाको टैनिगको कम गर्न मद्दत गर्दछ। यसका साथै मुहारमा आएको दाग र धब्बाको कम गर्नका लागि पनि उपयाेगी रहेकाे छ।

एन्टी-एजिङ मास्कः टमाटरमा भिटामिन बी र एन्टी एजिङ गुणहरु पाइन्छ। जो छालालाई जवान देखाई रहनका लागि मद्दत गर्दछ। यसका लागि कागतीको रसमा मह मिलाएर अनुहारमा लगाउनुहोस् र १५ मिनेट पछि सफा पानीले अनुहार पखाल्नुहोस्।

सम्बन्धित खबर