अन्तर्राष्ट्रिय

जापानमा महँगी १० प्रतिशत बढ्यो

By: Date: 2023-05-31 2 min Read

जापानमा थोक महँगी दोहोरो अंकले बढेको छ । डिसेम्बरमा थोक मूल्यमा आधारित मुद्रास्फीति १० दशमलव २ प्रतिशतले बढेको छ । डलरको तुलनामा कमजोर येनले कच्चा पदार्गलगायत सामानको आयात गर्दा लाग्ने लागत निरन्तर बढाउँदा थोक महँगी बढ्ने क्रम जारी रहेको बैंक अफ जापानले सोमबार सार्वजनिक गरेको डेटाले देखाएको हो ।

गत वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुबीच किनबेच हुने वस्तुको मूल्य डिसेम्बरमा लगातार २२ औं महीना पनि बढेको हो । सेप्टेम्बरमा अमेरिकी डलरको तुलनामा येनको भाउमा तीव्र कमी आउँदा थोक मूल्य १० दशमलव ३ प्रतिशतको कीर्तिमानी मूल्यमा बढेको थियो । त्यति बेला अधिकारीहरुले येनलाई टेवा दिन मुद्रा बजारमा हस्तक्षेप नै गर्नु परेको थियो ।

२०२२ भर जापानमा थोक मूल्य ९ दशमलव ७ प्रतिशतले बढेको थियो । यो २०२१ को भन्दा दोब्बर हो । डिसेम्बरमा एक वर्ष अघिको तुलनामा आयात मूल्य येनमा २२ दशमलव ८ प्रतिशतले बढेको थियो, निर्यात मूल्य १२ दशमलव १ प्रतिशतले मात्रै बढ्यो ।

सम्बन्धित खबर