गाजास्थित एक विद्यालयमा इजरायली आक्रमण, कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु
साझा लेख
जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा बम आक्रमणको प्रयास भएको छ । उहाँलाई कार्यक्रम स्थलबाट सुरक्षित रूपमा उद्धार गरिएको छ ।
विस्फोटको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो । ‘स्मोक बम’ प्रहार गरिएको तर उहाँ सुरक्षित रहेकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बम फ्याकेको आशङ्कामा घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको छ । अघिल्लो वर्ष जापानका पूर्व प्रधानमन्त्री शिञ्जाे आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो ।