गाजास्थित एक विद्यालयमा इजरायली आक्रमण, कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु
साझा लेख
गत डिसेम्बर ८ देखि जनवरी १२ तारिखसम्म कोरोनाका कारण ५९ हजार ९३८ जनाको अस्पतालमा मृत्यु भएको हो।
राष्ट्रिय स्वास्थ्य आयोगको मेडिकल प्रशासनिक ब्यूरोका प्रमुख च्याओ याखोइका अनुसार कोरोनाकै कारण ५ हजार ५०३ र पहिलेदेखि नै दीर्घरोग भएका ५४ हजार ४३५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको हो। यो अवधिमा मृत्यु हुनेमा सबैभन्दा धेरै वृद्धवृद्धा र दीर्घरोगी रहेका चिनियाँ समाचार संस्था सिन्हाले जनाएको छ।
'यो समय वृद्धवृद्धामा श्वासप्रश्वास र हृदयघात लगायतका रोगको जोखिम हुने मौसम हो। यसकारण पनि कोरोनाको कारण मृत्यु हुनेको संख्या तुलनात्मक रूपमा बढेको छ। हामीले वृद्ध बिरामीहरूलाई जोगाउन र जीवन बचाउनलाई बढी महत्व दिइरहेका छौं,' उनले भनिन्।