मनोरन्जन

लण्डनमा राजेशपायल राई को भव्य रुपमा शो सम्पन्न

By: Date: 2023-05-31 2 min Read

किरात राई यायोक्खा (किराया) बेलायतले आयोजना गरेको ‘राई इज किङ’ राजेशपायल राई एकल सांगीतिक साँझ भब्य रुपमा सम्पन्न भएको छ । नोभेम्बर १२ (शनिबार साँझ) बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको उक्त सांगीतिक साँझ हेर्नका लागि दर्शकहरुको ओइरो नै लागेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको केन्द्र ‘राई इज किङ’नै थिए । टिकट काट्नेको भीड थामिसक्नु थिएन । एकसाथ हजारौँ दर्शकको उपस्थितिले ब्यवस्थापनमा हम्मेहम्मे परेको थियो । बेलायतका विभिन्न शहरबाट आएका दर्शक ‘राई इज किङ’ को ब्यग्र प्रतिक्षामा थिए । निर्धारित समयमै कार्यक्रमस्थलमा आइपुगेका महागायक राई कार्यक्रम स्थलको प्रवेशद्धारबाट हात हल्लाउँदै आयोजकसहित मञ्चमा पुगेका थिए । दर्शकहरुले उनलाई तालीको गडगडाहटले न्यानो स्वागत गरेका थिए ।

लोकप्रिय गायक राजेशपायल राईले करिब अढाइ घण्टा लाइभ ब्याण्डका साथ ननस्टप गाएर दर्शक नचाएका थिए । आफ्ना लोकप्रिय गीत दर्शन नमस्ते, ‘दिक्तेल बजार, मैले मायाले दिएको मायाको चिनो, म त मर्छु कि क्या होलगायत दर्जनौं गीत गाएर दर्शकहरुलाई नचाएका थिए ।

गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तवलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरूङ र रिदममा विकल थापाले सहयोग गरेका थिए । स्टेजमा प्रस्तुति दिइरहँदा गायक राईले प्रवासमा रहेपनि आफ्नो नेपाली कला, संस्कृति, गीत–संगीत नभुल्न सुझाव दिए । आफ्ना पिता रत्न राई र आमा साक्षी राखेर गीत गाइरहँदा उनले नेपाली समुदाय विभाजित नहुन पनि आग्रह गरे ।

सम्बन्धित खबर